Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 53:25:08
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Thinking of installing solar panels? Here's what you need to know - अस्ट्रेलिया बुझ्नुहोस्: घरमा सोलार राख्ने सोच छ? यी कुराहरू थाहा पाउनुहोस्

    04/10/2024 Duración: 09min

    Australia's warm climate offers an abundant supply of solar energy year-round, making solar power an increasingly significant contributor to the nation's electricity supply. Learn what the requirements are for installing solar power systems in your home. - अस्ट्रेलियाको न्यानो मौसमी अवस्थाका कारण वर्षैभरि यहाँ सोलार बाट ऊर्जा उत्पादन गर्ने अवसर मिल्छ। त्यसैले पनि हालैका वर्षहरूमा देशको विद्युत् आपूर्तिमा सौर्य ऊर्जाले बढी नै महत्त्व पाएको छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो नयाँ अङ्कमा हामी घरमा सोलार प्यानल राख्ने बारे बिचार गर्दा के कस्ता कुराहरूमा ध्यान दिनु पर्छ भन्ने बारे चर्चा गर्दै छौँ।

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    03/10/2024 Duración: 05min

    Stay informed about the significant world events from the past week in Nepali language. - आफ्नो सीमा क्षेत्रमा इजरेलले गर्न गइरहेको आक्रमणलाई लिएर अन्तर्राष्ट्रिय समुदायलाई हस्तक्षेप गर्न लेबननको माग लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • When will Australia and Nepal get a direct flight connection? - अस्ट्रेलिया र नेपालबिच सिधा हवाई सम्पर्क कहिले सुरु होला त?

    03/10/2024 Duración: 28min

    Nepali politician Yogesh Bhattarai, a federal parliamentarian from the Community Party of Nepal-Unified Marxist Leninist (CPN-UML) and a former Minister for Culture, Tourism, and Civil Aviation, recently concluded his tour of Australia. During his visit, Bhattarai spoke to SBS Nepali addressing the concerns of the Nepali community and the Nepal government's upcoming plans. - नेकपा एमालेका सङ्घीय सांसद योगेश भट्टराईले आफ्नो अस्ट्रेलिया भ्रमणमा रहेका सिड्नी, मेलबर्न, क्यानबरा, एडिलेड लगायतका शहरहरूमा नेपाली समुदायसँग भेटघाट गरेका छन्। अस्ट्रेलियाको नेपाली समुदायमा के कस्ता समस्या छन् र समाधानका लागि नेपाल सरकारले के गरिरहेको छ लगायत नेपाल र अस्ट्रेलियाबिच सिधै हवाई सम्पर्क हुने कुरा कता पुगिरहेको छ भन्ने बारेमा सांसद भट्टराईसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Friday, 4 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ४ अक्टोबर २०२४

    03/10/2024 Duración: 02min

    Australian weather update in Nepali for Friday, 4 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 3 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३ अक्टोबर २०२४

    03/10/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'The floods have caused massive damage, the government must support us' - 'बाढीले यत्रो क्षति भएको छ, अलिअलि सरकारले नि हेर्दिनु पर्‍यो'

    02/10/2024 Duración: 15min

    Following the recent floods and landslides in Nepal, more than 200 people have lost their lives across the country. In Kathmandu, some affected residents spoke to SBS Nepali about the widespread damage they encountered and the lack of support from local and government authorities. - बिहीबार, २६ सेप्टेम्बरदेखि केही दिनका लागि परेको निरन्तर वर्षासँगैको बाढी र पहिरोमा परी २०० भन्दा बढीको मृत्यु नेपाल प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा के-कस्ता क्षति पुगेका छन् र बासिन्दाहरूले सरकारी तहबाट केही सहयोग पाएका छन् कि छैनन्? यी विषयमा राजधानी काठमाण्डूका केही बासिन्दाहरूसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

  • Understanding shared housing in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: 'शेयर्ड हाउजिङ' भनेको के हो?

    02/10/2024 Duración: 12min

    Shared housing is becoming increasingly popular in Australia, as more people look to reduce rental costs. So, what key factors should you consider when searching for shared accommodation, and how can you avoid potential scams? - जीवन लागत बढेको समयमा घरभाडा रकम बाँडिने कारणले अस्ट्रेलियामा 'शेयर्ड अकोमोडेसन' वा साझा आवास लोकप्रिय हुँदै गइरहेका छन। अस्ट्रेलिया बुझ्नुहोस्को यो नयाँ अङ्कमा आज हामी शेयर्ड हाउजिङ बारे बिचार गर्दा के कस्ता कुराहरूमा ध्यान दिनु पर्छ र यसमा के कस्ता कुराहरू पर्छन भन्ने बारे चर्चा गर्दै छौं।

  • SBS Nepali Australian weather update: Thursday, 3 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ३ अक्टोबर २०२४

    02/10/2024 Duración: 02min

    Australian weather update in Nepali for Thursday, 3 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 2 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २ अक्टोबर २०२४

    02/10/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • KP Dhungana made headlines for his investigative reporting. Here's what he says about the threats. - विदेशी गुप्तचरदेखि गृहमन्त्रीसम्मलाई असहज बनाउने यी नेपाली पत्रकारले आफूमाथि भने कत्तिको जोखिम देख्छन्?

    02/10/2024 Duración: 20min

    Journalist Krishna Prasad (KP) Dhungana has broked many news in Nepal. From corruptions to murders, he has reported it all. Dhungana, also a author of the book 'Open Secret' spoke to SBS Nepali about the risks associated with investigative journalism. - तात्कालिन गृहमन्त्री रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रमुख कैलाश सिरोहियाको नागरिकता प्रकरणबारे पहिलो पटक कलम चलाउने पत्रकार कृष्ण प्रसाद (केपी) ढुङ्गानाले नेपालमा भएका हाइ प्रोफाइल हत्याका बारेमा गरेको खोजले पुस्तककै रूप लिएको थियो। 'ओपन सेक्रेट' नामको पुस्तकका लेखक र उकेरा अनलाइनका प्रधान सम्पादक केपी ढुङ्गानाले एसबीएस नेपालीसँगको कुराकानीमा खोज पत्रकारिताका जोखिम र ध्यान दिनु पर्ने कुराहरू बारे बताएका छन्।

  • 'We were ready to walk three to four days to reach Kathmandu': Floods aftermath in Nepal - 'हामी तीन-चार दिन हिँडेर भए पनि काठमाण्डू जान तयार थियौँ: नेपालमा बाढी प्रकोप पछि

    01/10/2024 Duración: 08min

    More than 200 people have lost their lives following the recent floods and landslides in Nepal. SBS Nepali spoke to Nepal correspondent Sewa Bhattarai about the current situation in the country. Bhattarai, who had been stranded in Sindhupalchok for a few days, said she was ready to undertake a 90 kilometre journey back home to the capital city, Kathmandu. - नेपालमा बिहीवार, २६ सेप्टेम्बरदेखि केही दिन निरन्तर भएको वर्षा पछि आएको बाढी र पहिरोले देशभर ठुलो सङ्ख्यामा मानिसहरू प्रभावित भएका छन्। प्रमुख सडक मार्गहरू अवरुद्ध हुनुका साथै खाद्य सामाग्री र हवाई यात्राको मूल्य बढेको नेपाल संवाददाता सेवा भट्टराईले बताएकी छिन्। यो लगायत काठमाण्डू वरिपरिका बाटोहरू ठप्प भएको समयमा बिहीवारदेखि केही दिनका लागि सिन्धुपाल्चोकमा रहन बाध्य हुँदा झन्डै ९० किलोमिटर हिँडेर काठमाण्डू फर्कन तयार रहेको क्षणबारे भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Weekly Nepal update: More than 200 dead in floods and landslides - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: बाढी पहिरोमा २०० भन्दा बढीको मृत्यु, सन्तोषजनक उद्धार नभएको टिप्पणी

    01/10/2024 Duración: 06min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - बिहीवार, २६ सेप्टेम्बर रातिदेखि गत सप्ताहान्तसम्म परेको निरन्तर वर्षा पछि नेपालको विभिन्न भागमा गएका पहिरो र बाढीमा परि २०० भन्दा बढीको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    01/10/2024 Duración: 06min

    Listen to the top Australian news from the last seven days. - मेलबर्न स्टोर्मका निलम्बित खेलाडी नेल्सन असोफा-सोलोमोना आउँदो आइतवार हुन गइरहेको एनआरएलको अन्तिम खेलमा खेल्न नपाउने भएका छन्। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • What are the unwritten rules in the Australian workplace? - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियाका कार्यस्थलमा रहेका तर नलेखिएका नियमहरू

    01/10/2024 Duración: 11min

    In Australia, workplace codes of conduct differ from company to company, but some standard unwritten rules are generally followed in most businesses and industries. There are also a few unspoken rules in the Australian workplace that can evolve into a set of social norms. Here is how to navigate and familiarise yourself with these unwritten rules when starting a new job. - अस्ट्रेलियामा, तपाईँ कुन कम्पनीमा काम गर्नु हुन्छ भन्ने आधारमा कार्यस्थल आचार संहिता पनि फरक हुन्छन्। तर केही सामान्य अलिखित नियमहरू प्राय: धेरै व्यवसाय र उद्योगहरूमा पालना गरिन्छ। त्यस्तै अस्ट्रेलियाका कार्यस्थलमा केही नबोली बनेका नियमहरू पनि छन् जो सामाजिक मान्यताको रूपमा विकसित हुन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा नयाँ काम सुरु गर्दा हामीले केही त्यस्ता नलेखिएका नियमहरूसँग कसरी परिचित रहने भन्ने बारे बुझ्ने प्रयास गर्ने छौँ।

  • SBS Nepali Australian weather update: Wednesday, 2 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २ अक्टोबर २०२४

    01/10/2024 Duración: 02min

    Australian weather update in Nepali for Wednesday, 2 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १ अक्टोबर २०२४

    01/10/2024 Duración: 03min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'We lack honest mentorship and guidance': What is the key issue faced by Nepali youth in Australia? - 'मेन्टरशिप र गाइडेन्स पुगेन': के हो त अस्ट्रेलियाका नेपाली युवाहरूको मुख्य समस्या?

    30/09/2024 Duración: 12min

    The Non-Resident Nepali Association (NRNA) Australia organised the NRNA Youth Conclave in Adelaide on Saturday, 21 September. The event held in collaboraton with NRNA Australia's 's Youth Forum and Student Advisory Council was aimed towards 'bridging generations'. Program coordinator and Student Advisory Council head Mohit Sirohi spoke to SBS Nepali about the main challenges faced by Nepali youth in Australia and potential solutions. - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाले युवा जनसङ्ख्यालाई लक्षित गर्दै पहिलो ‘एनआरएनए युथ कन्क्लेभ' सम्पन्न गरेको छ। एनआरएनए अस्ट्रेलियाले सङ्घको युवा फोरम र विद्यार्थी सल्लाहकार परिषद्सँगको सहकार्यमा एडिलेडमा २१ सेप्टेम्बरमा गरेको उक्त कार्यक्रमको नारा ‘ब्रिजिङ जेनेरेसन्स’ रहेको कार्यक्रम संयोजक मोहित सिरोहीले बताएका छन्। अस्ट्रेलियाको युवा नेपाली जनसङ्ख्याका प्रमुख चुनौती र तिनका समाधानका बारेमा विद्यार्थी सल्लाहकार परिषद्का प्रमुख पनि रहेका सिरोहीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • How to protect your home from Australia’s common pests - अस्ट्रेलिया बुझ्नुहोस्: हानिकारक जीवजन्तु र किरा फट्याङ्ग्राहरूबाट घरलाई कसरी सुरक्षित राख्ने?

    30/09/2024 Duración: 11min

    Cold weather does not mean a pest-free home. Some pests, like termites, remain active all-year round and winter is peak season for mice and rats preferring your house instead of outdoors. Bed bugs and cockroaches are also on the list of invaders to look out for. Infestations have wide-ranging consequences, including hygiene risks and even home devaluation. Learn how to prevent, identify, and deal with them. - प्राय कीटहरू जाडो महिनामा घरमा देखिने बारे मानिसहरूले खासै चिन्ता लिएको पाइँदैन। तर अस्ट्रेलियामा भने धेरै यस्ता हानिकारक जीवजन्तु र किरा फट्याङ्ग्राहरू छन् जो जाडो याममा सुटुक्क घर भित्र पस्न सक्छन्। ती मध्ये सामान्य रूपमा देखिनेहरूमा उडुस, मुसा, साङ्ला र धमिरा हुन्। यस्ता कीटहरूको प्रकोपको असर सामान्य उपद्रव गर्नेदेखि तपाईँको घरको मूल्य घटाउनेसम्म देख्न सकिन्छ। अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा हामी यसको प्रकोप रोकथामका लागि के गर्न सकिन्छ भन्ने बारे चर्चा गर्ने छौँ।

  • SBS Nepali Australian weather update: Tuesday, 1 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १ अक्टोबर २०२४

    30/09/2024 Duración: 01min

    Australian weather update in Nepali for Tuesday, 1 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • 'Is Nepali representation in government and policy-making increasing proportionately with the community?' - 'समुदाय बढेसँगै सरकार तथा नीति निर्माणमा भने नेपाली प्रतिनिधित्व अलि कम हो कि?'

    30/09/2024 Duración: 16min

    The Nepali umbrella organisation, the Federation of Nepalese Community Associations of Australia (FeNCAA), held its sixth annual general meeting on Saturday, 21 September 2024, in Melbourne. FeNCAA spokesperson Bhola Giri spoke to SBS Nepali about the organisation’s yearly review, the need for state-level interaction, and plans to engage with grassroots communities and younger generations. - नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)ले आफ्नो छैटौँ वार्षिक साधारण सभा शनिवार, २१ सेप्टेम्बरमा सम्पन्न गरेको छ। मेलबर्नमा भएको उक्त कार्यक्रममा विभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरूका साथै बहु सांस्कृतिक पृष्ठभूमिका पदाधिकारीहरू उपस्थित थिए। फेन्काको वार्षिक समीक्षा, राज्य स्तरीय अन्तरक्रियाको आवश्यकता र युवा पुस्तासम्म पहुँचका लागि रहेको भावी योजनाबारे सङ्घका प्रवक्ता भोला गिरीले एसबीएस नेपालीसँगको गरेको कुराकानी सहितको विस्तृत रिपोर्ट सुन्नुहोस्।

página 9 de 25